
May 26 2025 | २०८२, जेठ १२ गते
काठमाडौं । जिल्लाको वीरगन्ज महानगरपालिका ८ घण्टाघर हिलाकाबाट सशस्त्र प्रहरीले करिब १ करोड ९८ लाख २० हजार ३ सय १५ रुपैयाँ बराबरको सामान सहित चारवटा ट्रक नियन्त्रणमा लिएको छ । बिलविजक भन्दा बढी र फरक सामान बोकेको भन्ने विशेष सूचनाको आधारमा १३ नम्बर गण पर्साले वीरगन्जबाट पथलैयातर्फ जाँदै गरेको ना २ ख ९४९१, ना ४ ख ८३३४, ना ३ ख १००९ र ना ३ ख ८०३९ नम्बरको ट्रक सोमबार नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका ट्रकमा औषधी, किराना तथा हार्डवेयर र कम्प्युटरका पार्ट्स लगायतका सामानहरु रहेका छन् । सामान सहितका ट्रक आवश्यक अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij