Logo

May 25 2025 | २०८२, जेठ ११ गते

May 25 2025 | २०८२, जेठ ११ गते

झगडा हुँदा श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ !

झगडा हुँदा श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ !

  • काठमाडौं । सप्तरीमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महादेवा गाउँपालिका २ अकबरपुरका ३५ वर्षीय रामरूप खङ रहेका छन् । 

    images
    images
    images

    ३० वर्षीया पार्वतीदेवी खङको हत्या गरेको आरोपमा उनलाई आइतवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । घरायसी विवादमा उनीहरूबीच झगडा हुँदा रामरूपको कुटपिटबाट पार्वती गम्भीर घाइते भएकी थिइन् ।

    images

     घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार झगडा छुट्याउने क्रममा गम्भीर घाइते भएकी रापरूपकी आमा ६१ वर्षीया समतोलिया खङको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij