
May 25 2025 | २०८२, जेठ ११ गते
काठमाडौं । कालिगण्डकी निमार्ण कम्पनीका सञ्चालक डीबी खत्रीका छोरा तथा निर्माण व्यवसायी निर्मल खत्रीमाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
बुटवलको कालिकापथस्थित होराइजन चोक नजिक उनीमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारको आरोपमा पक्राउ परेकाहरुको विवरण प्रहरीले अहिलेसम्म सार्वजनिक गरेको छैन ।
खुकुरी प्रहारबाट खत्रीको टाउकोमा चोट लागेकाले ६० वटा टाँका लगाइएको बताइएको छ । करिब ३० जनाको समूहले निर्माण व्यवसायी खत्रीलाई खुकुरी तथा ढुंगामुढाले आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमण गर्ने समूहका अरु व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij