
May 26 2025 | २०८२, जेठ १२ गते
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री एवं केन्द्रीय सदस्य महेन्द्र यादवले नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण निर्दोश भएको दाबी गरेका छन् । पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा आफ्नो धारणा राख्दै यादव खाँणको बचाउमा उत्रिँदै उनलाई राज्यले फसाएको आरोप लगाएका छन् ।
उनले भने “बाकृष्ण खाँणजीलाई राज्यले फसाएको छ । उहाँप्रति राज्यले ठुलो अन्याय गरेको छ, अहिलेसम्मको अनुसन्धानबाट जाहेरी छ, न कसैले पोलेको छ न, कुनै प्रमाण भेटिएको छ । तर, थप मुद्दा राजद्रोहको मुद्दासमेत लगाइएको छ । लेनदेनको मुद्दामा राजद्रोहको मुद्दा लगाउने हो भने दिननको १०–२० वटा मुद्दा लाग्छ ।”
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij