Logo

May 26 2025 | २०८२, जेठ १२ गते

May 26 2025 | २०८२, जेठ १२ गते

कृत्रिम गर्भाधान १५.४५ प्रतिशतले सफल

कृत्रिम गर्भाधान १५.४५ प्रतिशतले सफल

  • तनहुँमा एक वर्षको अवधिमा करिब आठ हजार पशुमा कृत्रिम गर्भाधान गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आर्थिक वर्ष २०७९–८० मा जिल्लामा सात हजार नौ सय १६ पशुमा कृत्रिम गर्भाधान गराएको छ । 

    images
    images
    images

    केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठका अनुसार उक्त अवधिमा चार हजार तीन सय ५८ गाई, तीन हजार तीन सय ८८ भैँसी र एक सय ७० बाख्रामा कृत्रिम गर्भाधान गरिएको छ । गर्भाधान गरिएकामध्ये गाईमा ५५, भैँसीमा ५० र बाख्रामा ४० प्रतिशत सफल भएको डा श्रेष्ठले जानकारी दिए । 

    images

     विगत वर्षभन्दा आव २०७९÷८० मा कृत्रिम गर्भाधान १५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको डा श्रेष्ठको भनाइ छ । सरकारले नश्ल सुधार कार्यक्रमलाई राष्ट्रिय अभियानका रूपमा सञ्चालन गर्दै आएको छ । पशुमा कृत्रिम गर्भाधान गराएमा कम उत्पादनशील स्थानीय पशुको उत्पादकत्व वृद्धि हुने, प्रजननका लागि भाले जनावर पाल्नु नपर्ने, हाडनाता प्रजननबाट उत्पादकत्वमा हुने ह्रास नहुने र प्रजननका माध्यमबाट सर्ने विभिन्न रोगबाट पशुको बचावट गर्न सकिने डा श्रेष्ठले बताए ।

    कृत्रिम गर्भाधान गरेको तीन वर्षभित्रै पशुहरूले आफ्नो उत्पादकत्व दिन सक्नेछन् । साथै जिल्लामा उत्पादन हुने दूधलगायत दुग्धजन्य वस्तुको उत्पादनमा वृद्धि भई बाहिरी जिल्लाबाट उन्नत पशुहरु आयात गर्नुपर्दैन । नेपालमा पालिएका दुधालु गाईको नश्ल सुधारका लागि सरकारले कृत्रिम गर्भाधानमा प्राथमिकता दिँदै आएको छ । 

     

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij