Logo

May 26 2025 | २०८२, जेठ १२ गते

May 26 2025 | २०८२, जेठ १२ गते

प्रहरी स्कर्टिङमा फोहोर बोकेका गाडी बञ्चरे डाँडातर्फ लगियो

प्रहरी स्कर्टिङमा फोहोर बोकेका गाडी बञ्चरे डाँडातर्फ लगियो

  • काठमाडौँ । सरकारले प्रहरी स्कर्टिङमा काठमाडौँबाट फोहोरका गाडी बञ्चरे डाँडामा लगेको छ । नुवाकोट र धादिङका स्थानीयले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्न नदिएपछि सरकारले प्रहरी स्कर्टिङमा फोहोर बोकेका गाडी बञ्चरेडाँडातर्फ लगेको हो । 

    images
    images
    images

    बञ्चरेडाँडा आसपासका स्थानीयले आफ्ना माग पुरा नगरेको भन्दै विगत पाँच दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्न अवरोध गर्दै आएका छन् । स्थानीयले फोहोर विसर्जनमा अवरोध गरेपछि काठमाडौँमा फोहोर बढ्न पुगेको छ । 

    images

    काठमाडौँबाटै प्रहरीको स्कर्टिङमा फोहोर बोकेका गाडी बञ्चरेडाँडातर्फ पठाएको उपत्यका प्रहरी कार्यालय एआइजी श्याम ज्ञवालीले जानकारी दिए । प्रहरी परिचालन गरेर फोहोरका गाडी त्यसतर्फ पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij