
May 26 2025 | २०८२, जेठ १२ गते
काठमाडौं । नेपाल प्रेस युनियन अर्घाखाँचीले स्थापना गरेको बिपी कोइराला पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका अर्घाखाँची संवाददाता प्रेमनारायण आचार्य पुरस्कृत भएका छन् । युनियनको ८औं जिल्ला अधिवेशन तथा १३औं साधारणसभामा प्रेस युनियनले स्थापना गरेको बिपी कोइराला पत्रकारिता पुरस्कारबाट आचार्य पुरस्कृत भएका हुन् ।
आचार्यलाई युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद मुस्कान र जिल्ला सभापति केशव श्रेष्ठले सम्मान पत्रसहित नगदले पुरस्कृत गरेका हुन् । पत्रकार आचार्य विगत १५ वर्षदेखि अर्घाखाँची जिल्लामा पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij