
May 26 2025 | २०८२, जेठ १२ गते
काठमाडौं । कञ्चनपुरमा कारसहित अवैध रुपमा ल्याइरहेको साढे ९ लाख बराबरको सामान बरामद गरिएको छ । भिमदत्त नगरपालिका–४ बाट बिहीबार अवैध रुपमा भन्सार छली गरी ल्याइरहेको अवस्थामा विभिन्न मोवाईलका कभर, मोवाईल चार्जर केबल, स्टेसनरीका सामानसहित कारम बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले कारमा बोकेर ल्याइरहेको अवस्थामा ९ लाख ४० हजार बराबरको सामान बरामद गरेर आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी बुझाइएको जानकारी दिए । उनका अनुसार कार चालक समेतलाई भन्सार कार्यालयमा बुझाइएको हो तर चालकको परिचय भने खुलाइएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij