
May 26 2025 | २०८२, जेठ १२ गते
काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष अनन्त प्रकाश अर्यालले कार्यालयभित्र एक जना किशोरलाई हातपात गरेका छन् । उनले कार्यालयभित्र १७ वर्षीय प्रशान्त कार्कीलाई कुटपिट गरेका हुन् । कार्कीका कान्छी आमाले आफ्नी आमालाई कुटपिट गर्दा छेक्न आउने क्रममा वडाध्यक्षले कुटपिट गरेको स्थानीयले बताएका छन् ।
कार्की परिवारको घरायसी झगडा हुँदा वडा कार्यालयमा विवाद मिलाउनुको सट्टा वडाध्यक्षले उल्टै हातपात गरेका हुन् । वडा कार्यालय परिसरमा सईको नेतृत्वमा प्रहरी पठाएर अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जिल्ला प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij