Logo

May 26 2025 | २०८२, जेठ १२ गते

May 26 2025 | २०८२, जेठ १२ गते

व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी सावित्राको बिदाइ

व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी सावित्राको बिदाइ

  • काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले इजरायलमा व्यवसायिक फुटबल खेल्ने भएकी छन् । सावित्राले इजरायली महिलाहरुको शीर्ष डिभिजनको लिग ‘लिगाट नसिम’ खेल्ने हापोएल रानानाबाट खेल्ने भएकी हुन् ।

    images
    images
    images

    हापोएल रानानाले सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार सावित्रासँग सम्झौता गरेको जानकारी गराएको हो । यस सम्झौतासँगै सावित्राले आगामी सिजन इजरायलबाट खेल्ने पक्का भएको हो ।

    images

    भर्खरै सम्पन्न भएको भारतीय महिला लिगमा सावित्राले गोकुलम केरलाबाट खेल्दा १० खेलमै २९ गोल गरेकी थिइन् । उनी भारतीय महिला लिगमा सर्वाधिक गोल गर्ने खेलाडी समेत बनेकी थिइन् ।

    इजरायल एसियामा पर्ने भएपनि इजरायली क्लबहरुले सन् १९९१ बाट युरोपियन क्लब प्रतियोगिताहरु खेल्दै आएका छन् । १९९४ युईएफएबाट युरोपको पूर्ण सदस्यता पाएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij