
May 26 2025 | २०८२, जेठ १२ गते
काठमाडौं । ठमेलका विभिन्न क्लबमा गएर विभिन्न बहानामा झगडा गर्ने युवाहरूलाई प्रहरीले हथकडी लगाएर ठमेल बजार घुमाएको छ । पछिल्लो समय क्लब ओम्नियामा झगडा गरेका केही युवालाई मंगलबार हथकडी लगाएर बजार घुमाइएको हो ।
क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका सानुभाइ भनिने युवराज गुरुङ र उनका साथीलाई प्रहरीले हतकडी लगाएर सडकमा डुलाएको हो । प्रहरीले सानुभाइसँगै टोखाका विक्रम अधिकारी, तनहुँका सुवास कायस्थ, सुरज कायस्थ र नुवाकोटका कमल तामाङलाई पक्राउ गरेको थियो ।
सानुभाइसँगै विक्रम र कमललाई पनि प्रहरीले हतकडी लगाएर हिँडाएको थियो । गुरुङले गएको १५ असारमा क्लबमा बसिरहेका बेला आफूमाथि राति २ बजे कुटपिट भएको भन्दै सञ्चालक गुरुङले भिडिओसहित प्रहरीकहाँ किटानी जाहेरी दिएका थिए । भर्खरै सञ्चालन गरेको क्लबमा गुरुङले विभिन्न नाममा रकम माग्दै धम्क्याउने गरेको उनको आरोप छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij