Logo

May 26 2025 | २०८२, जेठ १२ गते

May 26 2025 | २०८२, जेठ १२ गते

कालिमाटी र बालाजु बजारको भाडा सम्झौता खारेज गर : कृषि सहकारी संघ

कालिमाटी र बालाजु बजारको भाडा सम्झौता खारेज गर : कृषि सहकारी संघ

  • काठमाडौं । कालिमाटी र  बालाजु तरकारी बजारमा प्रतिस्पर्धा बिना गरिएको सम्झौता खारेज गर्न नेपाल कृषि सहकारी केन्द्रीय संघले आग्रह गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै संघले किसानलाई बजारका पसलहरु प्रतिस्पर्धाबाट भाडामा लगाउने आश्वासन दिएर बिचौलियालाई पुनः भाडामा लगाएको आरोप छ ।

    images
    images
    images

    बजार विकास समितिका पदाधिकारी, सचिव एवम् मन्त्रीसँग कालिमाटी बजारमा किसानको पहुँच स्थापित गराउन पटक–पकट अनुरोध गरिए पनि सुनुवाइ नभएको संघको आरोप छ । बजारका ५० प्रतिशत पसलहरु किसानका लागि छुट्ट्याउने प्रतिबद्धता कार्यान्वयन नगरी बिचौलियालाई पुनः पसल भाडामा लगाउने कार्य भएको संघले बताएको छ ।

    images

    जसले पसलहरु सञ्चालन गरेको थियो उनीहरुलाई नै दिने गरी प्रतिस्पर्धा नगराई अपारदर्शी ढंगबाट प्रक्रिया अगाडि बढाएको प्रति गम्भीर ध्यानाकर्षण भएको संघका अध्यक्ष खेमबहादुर पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ । भाडामा दिने प्रक्रिया तत्काल रोकी किसानका लागि ५० प्रतिशत पसलहरु छुट्याउनु पर्ने माग संघको छ ।

    सरकारले कृषि बजारमा किसानहरुलाई वेवास्ता गर्दै अगाडि बढे ७७ वटै जिल्लाका किसान आन्दोलित हुन बाध्य हुने चेतावनी पनि संघले दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij