Logo

May 26 2025 | २०८२, जेठ १२ गते

May 26 2025 | २०८२, जेठ १२ गते

मिटरब्याजसम्बन्धी विधेयक आजै पारित गर्ने सहमति

मिटरब्याजसम्बन्धी विधेयक आजै पारित गर्ने सहमति

  • काठमाडौँ । प्रतिनिधिसभाबाट मिटरब्याजसम्बन्धी विधेयक आइतबार नै पारित हुने भएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था समितिको आइतबारको बैठकमा मिटरब्याजसँग सम्बन्धी विधेयक पारित गर्ने विषयमा राजनीतिक दलका नेताहरूबीच सहमति भएको हो ।

    images
    images
    images

    प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक पदम गिरीका अनुसार मिटरब्याजसम्बन्धी विधेयकलाई पारित गर्ने र सांसदहरूले राखेका संशोधनबारे सहमति भएको हो । सांसदहरूले राखेका संशोधनहरूलाई एकीकृत गरेर साझा दस्तावेज बनाएका छौं ।

    images

    त्यसलाई संसद्बाट पारित गर्ने सहमति भएको छ,उनले भने । प्रतिनिधिसभाको बैठक आइतबार १ बजे बोलाइएको थियो । कार्यव्यवस्था समितिको बैठकका कारण प्रतिनिधिसभा सुरु हुन ढिलाइ भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij