
May 26 2025 | २०८२, जेठ १२ गते
काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित कान्तिपुर गेष्ट हाउसमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३२ कोटेश्वरस्थित कान्तिपुर गेष्ट हाउसमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका ५ घर भएका ४१ वर्षीय यादव प्रसाद सापकोटा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
शुक्रबार गेष्ट हाउसमा बसेका उनी शनिबार विहान गेष्ट हाउसको कोठा नम्बर ३०३ मा मृत फेला परेका थिए । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij