
May 26 2025 | २०८२, जेठ १२ गते
काठमाडौं । नेपाल वायु सेवा निगम (नेवानि) ले विमान परिचारिका (एयरहोस्टेस) पदमा ३० जनशक्ति माग गरेको छ । विमान परिचारिकाको रिक्त ३० सिटमा करार सेवामा पदपूर्ति गर्नेगरी नेवानिले विज्ञापन आह्वान गरेको हो ।
नेवानिले योग्यता पुगेका नेपाली नागरिकलाई १५ दिनभित्र अनलाइन आवेदन दिन आग्रह गरेको छ । दोब्बर दस्तुर तिरेर थप एक साता आवेदन दिन सकिनेछ ।
सो पदमा उम्मेदवार बन्न उचाइ कम्तीमा ५ फिट २ इन्च र उमेर १८ वर्ष पूरा भई २५ वर्ष ननाघेका हुनुपर्नेछ । शैक्षिक योग्यता कम्तीमा प्लस टु उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
नेवानिका अनुसार, उम्मेदवार छनोट व्यक्तित्त्व परीक्षण, लिखित परीक्षा, स्वास्थ्य परीक्षण र अन्तर्वार्ताका आधारमा हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij