Logo

May 26 2025 | २०८२, जेठ १२ गते

May 26 2025 | २०८२, जेठ १२ गते

भारतीय नागरिक ठग्ने पक्राउ

भारतीय नागरिक ठग्ने पक्राउ

  • काठमाडौं । पशुपति दर्शन गर्न आएका दुई भारतीय नागरिकलाई डान्स बार लगेर ठगेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको हो ।

    images
    images
    images

    पक्राउ पर्नेमा कैलाली घर भई माछापोखरी बस्ने २३ वर्षीय अर्जुन कुँवर, काभ्रे घर भई सिनामंगल बस्ने ३१ वर्षीय शुभकुमार तामाङ र सुनसरी घर भई चाबहिल बस्ने ४० वर्षीय इन्द्र काफ्ले रहेका छन् । त्यस्तै, धादिङ घर भई सिनामंगल बस्ने २२ वर्षीया सुमिना तामाङ, माछापोखरी बस्ने २० वर्षीया आस्मा तामाङ र २२ वर्षीया रिया साह ठकुरी पक्राउ परेका छन् ।

    images

    परिसरका अनुसार पीडित भारतीय नागरिकहरू गत सोमबार बेलुकी थानकोट नाकाबाट काठमाडौं प्रवेश गरेका थिए । गाडीमा आएका उनीहरूलाई एक जना व्यक्तिले रोकेर तपाईंलाई खाने बस्ने राम्रो व्यवस्था गरिदिने र घुम्न पनि सहज बनाइदिने भनेका थिए ।

    त्यसरी विश्वासमा लिएर ती व्यक्तिले भारतीय नागरिकहरूलाई काठमाडौं महानगर–९ रातोपुलस्थित ज्याक डेनिस डान्स बारमा लगेका थिए। त्यहाँ महिला कर्मचारी समेतको संलग्नतामा डर–त्रासमा पारेर २८ हजार भारतीय रुपैयाँ ठगेको प्रहरीले जनाएको छ । उनीहरूले उक्त रकम मोबाइल बैंकिङ सेवामार्फत् ट्रान्सफर गर्न लगाएको र ५ हजार नगद समेत लुटेको प्रहरीले जनाएको छ ।

    उक्त खबर पाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूमाथि आपराधिक विश्वासघात कसुरमा काठमाडौं जिल्ला अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij