Logo

May 26 2025 | २०८२, जेठ १२ गते

May 26 2025 | २०८२, जेठ १२ गते

१६ वर्षीया किशोरी बन्धक !

१६ वर्षीया किशोरी बन्धक !

  • काठमाडौं । १६ वर्षीया किशोरीलाई बन्धक बनाएर राखेको आरोपमा ललितपुरबाट एक युवक पक्राउ परेका छन् । शरीर बन्धक लिन नहुने कसुरमा महांकाल गाउँपालिका–३ बस्ने २० वर्षीय सुमन न्यासुरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    images
    images
    images

    असार २२ गते बेलुकीदेखि १६ वर्षीय किशोरी हराएको भन्ने निवेदन असार २४ गते प्राप्त भएको थियो । खोजीको क्रममा ती किशोरीलाई सुमनले सोही गाउँपालिका–६ स्थित बुद्ध थोकरको घरमा थुनेर राखेको पाइएपछि असार २६ गते इलाका प्रहरी कार्यालय टुंगुनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा सुमनलाई पक्राउ गरेको हो ।

    images

    उनलाई शरीर बन्धक लिन नहुने मुद्दामा ५ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । साथै पीडित किशोरीलाई आफन्तको जिम्मा लगाइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij