Logo

May 26 2025 | २०८२, जेठ १२ गते

May 26 2025 | २०८२, जेठ १२ गते

यी हुन् हेलिकप्टरमा सवार यात्रुहरु !

यी हुन् हेलिकप्टरमा सवार यात्रुहरु !

  • काठमाडौं । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको ९-एनए एमभी कलसाइन भएको मनाङ एयरको हेलिकोप्टर लिखुपिके गाउँपालिका ५ साविक भकान्जे गाविसस्थित लामाजुराको चिहानडाँडामा दुर्घटनाग्रस्त भएको छ । विहानदेखि सम्पर्कविहीन उक्त हेलिकोप्टर चिहानडाँडामा दुर्घटनाग्रस्त भएको लिखुपपिके ५ का वडा अध्यक्ष ङिमा छिरी लामाले पुष्टि गरेका छन् ।

    images
    images
    images

    सोमबार काठमाडौबाट लुक्ला पुगेका उनिहरू एकदिन लुक्लामा बसेर आज काठमाडौं फर्कदै थिए । मनाङ एयरको लोडसिटअनुसार विमानमा क्याप्टेन सीबी गुरुङ रहेका थिए । भने ५ जना मेक्सिकोका यात्रुहरू रहेका थिए ।

    images

    यसमध्ये दुईजना पुरुष र तीन जना महिला रहेका छन् । यात्रुहरूमा फर्नान्डो सिफुग्नेट्स, रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया होजे सिफुन्तेस छन् । थप विवरण आउन बाँकी रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij