Logo

May 26 2025 | २०८२, जेठ १२ गते

May 26 2025 | २०८२, जेठ १२ गते

बैतडीमा बस दुर्घटना: १ को मृत्यु, ३९ जना घाइते

बैतडीमा बस दुर्घटना: १ को मृत्यु, ३९ जना घाइते

  • काठमाडौं । बैतडीको मेलौलीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका ६ का उमेश भण्डारी रहेका छन् । दुर्घटनामा ३९ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी प्रेम बहादुर शाहीले जानकारी दिए ।

    images
    images
    images

    पञ्चेश्वर गाउँपालिका–३ कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको बस मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटना भएको हो ।दुर्घटनाका विषयमा थप जानकारी आउन बाँकी रहेको छ ।

    images

    घटना स्थलमा इलाका प्रहरी कार्यालय पाटनका निरीक्षक कमलप्रसाद चौधरीको कमान्डमा टोली खटिएको छ । दुर्घटनामा परी घाइते भएका ३९ जनाको उद्धार गरी केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पुर्‍याइसकिएको जिल्ला प्रहरी कार्यालयका शाहीले जानकारी दिए ।

    १६ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई थप उपचारका लागि डडेल्धुरा रिफर गरिएको छ ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij