Logo

May 26 2025 | २०८२, जेठ १२ गते

May 26 2025 | २०८२, जेठ १२ गते

सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत् सेवा अवरुद्ध

सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत् सेवा अवरुद्ध

  • काठमाडौं । डडेल्धुरासहित सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । दार्चुलाबाहेक सुदूरपश्चिमका छ जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको हो । नेपाल विद्युत् प्राधिकरण डडेल्धुरा वितरण केन्द्रका प्रमुख रमेश अवस्थीका अनुसार डोटीको रुवसकाँडामा मुख्य टावरको तार टुटेपछि विद्युत् सेवा अवरुद्ध भएको छ ।
     
    अत्तरियादेखि स्याउले सबस्टेशन जोड्ने ट्रान्समिसन लाइनको रुवसकाँडास्थित टावरको एउटा तार टुटेको विद्युत् प्राधिकरणले जनाएको छ । मर्मतका लागि डडेल्धुरा र अत्तरियाबाट प्राधिकरण सहितको टोली रुवसकाँडातर्फ गएको जनाइएको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij