
May 26 2025 | २०८२, जेठ १२ गते
tकाठमाडौँ । गायक तथा कलाकार रबिन तामाङको आज अन्त्येष्टि गरिँदै छ । अन्तिम संस्कारको लागि बिजेश्वरीस्थित शोभा भगवतीमा लानु अघि बिहान ८ बजेदेखि ११ बजेसम्म उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान सङ्गीत तथा नाट्य एकेडेमीको प्राङ्गण नक्सालमा राखिएको थियो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गायक तामाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए । अन्तिम श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका महामन्त्री गगन थापा तथा कलाकारहरूको उपस्थिति रहेको थियो ।
श्रद्धाञ्जली अर्पणपछि उनको शव शोभा भगवती लगेर अन्तिम दाह संस्कार गरिनेछ । गायक तामाङको गत मंगलबार निधन भएको थियो। उनी बुढानीलकण्ठस्थित निवासमा मृत फेला परेका थिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij