
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । सांसद सुमना श्रेष्ठले नेपाली समाजको चरित्र बदल्न आवश्यक रहेको बताएकी छिन् । मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले समाज ऐश्वर्यविहीन धनाढ्य बनेको भन्दै चरित्र बदल्नु आवश्यक रहेको बताइन् ।
‘मलाई हाम्रो समाज धन भएर ऐश्वर्य नभएको समाज जस्तो लागिरहेको छ । मिटर व्याज दिने मान्छेहरुमा टयाक्सिको मिटर जस्तो मिटर चढ्ने पैसा त रै छ तर ऐश्वर्य चाहीँ रैनछ । नेताका दर्जा पाएका हामीहरु भाषणबाट हुन्छ कि के बाट हुन्छ समाजको चरित्र पनि बदल्न आवश्यक छ ।’
त्यस्तै उनले सहकारीमा आमनागरिकको पैसा नदिएर सहकारी सञ्चालकहरु ३/४ करोडको गाडीमा हिड्ने गरेको भन्दै उनीहरुमाथि कारवाही हुनुपर्ने बताइन् । उनले भनिन् ‘सहकारीमा पैसा दिएको छैन आफु भने ३÷४ करोडको गाडी चडेर हिड्छन् । त्यस्ता मान्छेलाई हामीले के गर्छौं ? नमस्कार ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij