Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । युक्रेनका युरोपेली सहयोगीहरूले रुससँगको कुनै पनि शान्ति वार्तामा किभलाई समावेश गर्नुपर्ने बताएका छन् ।
सहयोगीहरूले युक्रेनलाई सहभागी नबनाए कुनै पनि शान्ति वार्ता हुन नसक्ने कुरामा पनि जोड दिएका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १५ मा अलास्कामा युक्रेनको युद्ध बारेमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने तयारी गरिरहेका बेला युरोपेली देशले यस्तो बताएका हुन् ।
बेलायत, फ्रान्स, इटाली, जर्मनी, पोल्याण्ड, फिनल्याण्ड र युरोपेली संघका नेताहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ- 'किभ बिना युक्रेनमा शान्तिको बाटो खोल्न सकिँदैन ।
'ट्रम्प र पुटिन बीचको वार्तामा युक्रेनलाई अझै आमन्त्रित गरिएको छैन । युक्रेनको समावेशीकरण नभएकोमा चिन्तित युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेन बिनाको कुनै पनि सम्झौता अमान्य हुने बताएका छन्।
ट्रम्प पुटिन र जेलेन्स्कीसँग त्रिपक्षीय बैठक गर्न इच्छुक भएपनि पुटिनको इच्छा अनुसार पहिलो चरणमा ट्रम्पसँग मात्र छलफल हुन लागेको बताइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij