
Aug 10 2025 | २०८२, साउन २५ गते
काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका-८ मा तीजको नाच हेर्न गएकी १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् । साउन २२ गते साँझ तीजको नाच हेर्न गएकी बालिकामाथि बलात्कार गरेको अभियोगमा प्रहरीले २ युवालाई पक्राउ गरेको छ ।
साथीहरू भाग्न सफल भएपनि ती बालिकालाई ढुंगाले हानेर घाइते बनाइ सामूहिक बलात्कार गरी बेहोस अवस्थामा छाडिएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर लालबहादुर सुनारका अनुसार पक्राउ पर्नेमा सोही वडाका २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी छन् ।
पीडितको दाहिने हात मर्किएको र गुप्ताङ्गमा चोट लागेको चिकित्सकले जनाएका छन् । दैलेख अस्पतालमा उपचाररत् ती बालिकाको अवस्था सामान्य बन्दै गएको प्रहरीको भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij