Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

काठमाडौं महानगरका सहकारीले एक महिनाभित्र विवरण नबुझाए कारवाही गर्ने

काठमाडौं महानगरका सहकारीले एक महिनाभित्र विवरण नबुझाए कारवाही गर्ने

  • काठमाडौं । काठमाडौं महानगरले एक महिनाभित्र सहकारीहरुले यतार्थ विवरण नबुझाए कारवाही गर्ने भएको छ । बुधबार सूचना प्रकाशित गरेर महानगरले लामो समयदेखि बस्तु र सेवाहरुको मूल्यबृद्धि र मुद्रा स्फितिले वित्तिय क्षेत्रहरुमा पारेको तरलताबाट सहकारी क्षेत्र पनि प्रभावित बनेको र तरलताको अभाव सृजना भएको भन्दै सूचना प्रकाशित गरेको हो ।

    images
    images
    images

    महानगरका मेयर वालेनले शाहले महानगरपालिकाको सहकारी बिभागमा शेयर सदस्य र सञ्चालकहरुले र मौखिक उजुरीको चापबाट अवस्था रहेको सामाजिक सञ्जालमार्फत खुलासा गरेका छन् । महानगरले सबै शेयर सदस्यहरुलाई उपस्थित गराई साधारण सभा सम्पन्न गरी संस्थाको यथार्थ स्थिति र कारोवार बारे जानकारी गराउन, विश्वसनीयता र अपनत्व ग्रहण गराउनकालागि नियमित रुपले शेयर सदस्यहरुसँग सम्पर्क र संवाद बढाउन अनुरोध गरेको छ ।

    तोकिएको कार्य क्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोवार र लगानी नगर्न,वित्तिय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्न ,परिस्थितिको आँकलन गरी अनुत्पादक क्षेत्रहरुमा लगानी नगर्न,शेयर सदस्यहरुलाई बढी ब्याजदरको लोभ देखाई लामो अवधिको निक्षेप संकलन नगर्न मेयर शाहको सुझाव छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij