
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौँ । कनेक्ट आइपिएसले ‘इन्स्योरेन्स प्रिमियम पेमेन्ट २०८० क्यासब्याक’ अफर सार्वजनिक गरेको छ । आगामी ३० असारसम्म लागू हुने गरी कम्पनीले योजना ल्याएको हो ।
यो योजनाअन्तर्गत कनेक्ट आइपिएसमार्फत लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले २० दशमलव ८० प्रतिशत वा अधिकतम दुई हजार ८० रुपैयाँ क्यासब्याक गर्न सक्ने जनाइएको छ ।
अन्त्यमा एकजना भाग्यशाली विजेताले २० हजार ८० रुपैयाँ क्यासब्याक प्राप्त गर्ने जनाइएको छ । सो अफर कनेक्ट आइपिएसको वेब, मोबाइल एप तथा इन्स्योरेन्स कम्पनीको वेबसाइटमा जोडिएको कनेक्ट आइपिएस गेटवेमार्फत गरिएको प्रिमियम भुक्तानीमा लागू हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij