Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

त्रिविका उपप्राध्यापक प्रेम चलाउने पक्राउ

त्रिविका उपप्राध्यापक प्रेम चलाउने पक्राउ

  • काठमाडाैं । त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  सरकारले आफूविरुद्ध आक्रमण गर्नेमाथि मुद्दा फिर्ता लिएपछि धर्नामा बसेका चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

    images
    images
    images

    उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताले आक्रमण गरेका थिए। चलाउनले आफूमाथि आक्रमण गर्ने नेविसंघका कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने मन्त्रिपरिषद् निर्णयको विरोध गरेका थिए।

    त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यको समूहले चलाउनेमाथि आक्रमण गरेको थियो । आचार्यसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा दायर भएको थियो । मुद्दाको अन्तिम सुनुवाइ मंगलबारका लागि तोकिएको थियो । तर,गत बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij