
May 30 2025 | २०८२, जेठ १६ गते
काठमाडौं । वैदेशिक रोजगारका लागि कतार पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक लिसंखुपाखर–१, ठूलो धादिङ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ३६ वर्षीय बिसु लामालाई आइतबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले जनाएको हो ।
लामाले तारा बहादुर वली नाम गरेका एक जना व्यक्तिलाई आकर्षक तलबमा कतार पठाईदिने आश्वासन दिएको र पीडितबाट रकम लिई सम्पर्क विहीन भएका थिए । वैदेशिक रोजगार विभागमा पीडितले दिएको उजुरीका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा लामालाई यही असार १ गते बौद्धबाट पक्राउ गरेको महाशाखाका सूचना अधिकारी रविन्द्र रेग्मीले बताए ।
उनका अनुसार पक्राउ परेका लामालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाईएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij