
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि उपमहानगरभित्र भारतीय चलचित्र ‘आदिपुरुष’ चल्न नदिने भएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत् उनले धरानका चलचित्र हलहरूलाई आदिपुरुष प्रदर्शन नगर्न निर्देशन दिएका हुन् ।
त्यस्तै पोखरा र काठमाडौँ महानगरपालिकाले भने कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न नदिने जनाएका छन् । चलचित्र आदिपुरुषमा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद नसच्याइएको हुँदा सोमबारदेखि कुनै पनि हिन्दी चलचित्र चल्न नदिने दुवै महानगरले जनाएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij