
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । गोरखा नगरपालिका गोरखाले आयोजना भएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट दुई सय ३५ जनाले सेवा लिएका छन् । नगरपालिकाले वडा नम्बर १३ र १४ स्थित याङकोटमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ७३ जना पुरुष र एक सय ६२ जना महिलाले उपचार सेवा लिएको नगरपालिकाका आयुर्वेद शाखाका प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
शिविरमा अम्लपित्त, पेटसम्बन्धी रोग, मधुमेह, उच्च रक्तचाप, स्त्री रोग, बाथ रोग, जोर्नी दुखाइलगायतका रोगको जाँच तथा उपचार सेवा प्रदान गरिएको उनले बताए।
स्वास्थ्य शिविरमा उपचारका लागि आएका थप १६१ जनाले ब्लड सुगर परीक्षण गरिएको प्रमुख श्रेष्ठले बताए । शिविरमा आएका उपचार सेवा लिएकाहरु औषधिसमेत वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij