Logo

May 31 2025 | २०८२, जेठ १७ गते

May 31 2025 | २०८२, जेठ १७ गते

पहिले ब्याटिङ गर्ने जिम्बाब्वेविरुद्ध नेपालले

पहिले ब्याटिङ गर्ने जिम्बाब्वेविरुद्ध नेपालले

  • काठमाडौं । आईसीसी विश्वकप छनोटको पहिलो खेलमा नेपालले घरेलु टिम जिम्बाब्वेविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । जिम्बाब्वेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा हुने खेलका लागि भएको टस जितेपछि घरेलु टिमका कप्तान क्राइग एर्भिनले फिल्डिङको निर्णय गर्दै नेपाललाई ब्याटिङको निम्तो दिए ।

    images
    images
    images

    नेपाल र जिम्बाब्वेबीचकोे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको यो पहिलो खेल हो । नेपालले पहिलोपटक टेस्ट मान्यताप्राप्त राष्ट्रविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो ।

    images

    नेपालले यसअघि जिम्बाब्वविरुद्ध ५० ओभरको एउटा मात्र खेल खेलेको छ । लिस्ट ‘ए’ मान्यता रहेको उक्त खेलमा नेपाल ११६ रनले पराजित भएको थियो । आईसीसी क्रिकेट विश्वकप लिग–२ का पछिल्ला १२ मध्ये ११ खेलमा जितको नतिजा निकालेको नेपाल घरेलु टिमविरुद्ध पनि सोही लयलाई निरन्तरता दिने योजनामा हुनेछ ।
     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij