
Jun 01 2025 | २०८२, जेठ १८ गते
काठमाडौं । दाङमा यात्रुवाहक जीप दुर्घटना भएको छ । शुक्रबार बिहान तुलसीपुरदेखि रोल्पाको ओत जाँदै गरेको रा १ ज ५५६ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिका-३ शिरखोलामा दुर्घटना भएको हो ।
मल्लले जिप सडकबाट ६० मिटर तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए । दुर्घटनामा दस जना घाइते भएका उनले बताए ।
तीमध्य ६ जनाको अवस्था गम्भीर रहेको पनि डिएसपी मल्लले जानकारी दिए । घाइते सबैलाई उद्धार गरि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पठाइएको उनले बताए ।
डिएसपी मल्ल नेतृत्वको प्रहरी टोली अहिले घटनास्थल पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij