
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ श्यामपाटी सिमलचौरका वडा सदस्य ज्ञानी विकको कुटपिटबाट ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डीराज न्यौपानेका अनुसार श्रीमानको कुटाइबाट गम्भीर घाइते हुनुभएकी उहाँको धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहीवार बिहान ज्यान गएको हो ।
श्रीमान् शम्भु विकले जेठ २९ गते राति १० बजे जाँड–रक्सी खाएर कुटपिट गरेका थिए । विकको शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको छ । कुटपिट गर्ने उहाँका श्रीमान् शम्भु विकलाई पक्राउ गरेर घटनाबारे थप अुनसन्धान भइरहेको डीएसपी न्यौपानेले जानकारी दिनुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij