
Jun 21 2025 | २०८२, असार ७ गते
ललितपुर । सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत विविधस्थानमा सरसफाई भएको छ । प्रहरी प्रभाग पुल्चोक र स्थानिय टोल सुधार समितिको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम भएको हो ।
ललितपुर महानगरपालिका वडा न. २० स्थित जग मदु पुखु मन्दिर, उग्रचण्डी र पिम्बहाल पोखरी परिसरभित्र सरसफाई गरिएको हो । प्रहरी प्रभाग पुल्चोकका कार्यालय प्रमुख प्रहरी निरिक्षक प्रमोद कार्कीको कमाण्डमा १२ जनाको टोली र स्थानिय टोल सुधार समितिका अध्यक्षसहित अन्य पदाधिकारीहरुद्वारा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij