Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

युनिक नेपाल लघुवित्तको एफपीओबाँडफाँड

युनिक नेपाल लघुवित्तको एफपीओबाँडफाँड

  • काठमाडौँ । युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड भएको छ । यसमा गोलाप्रथामार्फत १० कित्ताका दरले ३७ हजार ९४२ जना आवेदकले सेयर प्राप्त गरेका छन् । यी मध्ये ५ जनाले ११ कित्ता प्राप्त गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार एफपीओमा कुल १३ लाख ५७ हजार १८० जना आवेदकले आवेदन दिएकोमा १ हजार ४९३ जनाको आवेदन रद्द भएको छ । जेठ ११ गतेदेखि ७ गतेसम्म लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ बिक्री खुला गरेको थियो ।

    AGNI GROUP

    यस कम्पनीको एफपीओलाई रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी बी प्लस रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको संकेत गर्छ । केयर नेपालले यो रेटिङ २०७९ फागुन २६ गते दिएको हो । अब २०८० माघ २१ गतेसम्म यो रेटिङ कायम रहनेछ । 

    एफपीओको नतिजा बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट हेर्न सकिनेछ । साथै, युनिक नेपाल लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले एफपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि हेर्न सकिन्छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट