
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को घरेलु तथा साना उद्योग समितिका सभापतिमा नरेन्द्र खड्का मनोनीत भएका छन् । खड्का महासङ्घको विधान ३८ (ग) बमोजिम उक्त समितिको सभापतिमा मनोनीत भएका हुन् ।
खड्का विगत ४ कार्यकालदेखि महासङ्घको केन्द्रीय सदस्य छन् । यस्तै, खड्काले कोसी प्रदेशको अध्यक्षको कार्यकाल समेत समालिसकेका छन् भने यसअघिको कार्यकालमा मेला समितिको सभापतिको भूमिका निर्वाह गरिसकेका छन् । उनी नेपाल अदुवा उत्पादक सङ्घका अध्यक्ष समेत हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij