Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

विचलित नभई एकताका पक्षमा उभिनुस् : उपप्रम पोख्ररेल

विचलित नभई एकताका पक्षमा उभिनुस् : उपप्रम पोख्ररेल

  • सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोख्रेलले पूर्वसम्झौताको पालना गर्दै एकताका पक्षमा उभिन नेताकार्यकर्तालाई आग्रह गर्नुभएको छ । यहाँ आज पार्टी नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उहाँले पार्टी एकता, कम्युनिष्ट एकता, देश र जनताको हितका लागि आवश्यक छ भन्दै सबै नेता र कार्यकर्तालाई पार्टी विभाजन नभई एकताका पक्षमा उभिन अनुरोध गर्नुभयो  ।

    images
    images
    images

    विगतमा कम्युनिष्ट पार्टीको फुटबाट पाठ सिक्दै अघि बढेको नेकपामा यतिबेला नेताहरु आरोपप्रत्यारोपमा लाग्नु गलत भएको जनाउँदै उहाँले  जनतामाझ भएका यथार्थ लैजानसमेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “ पार्टी एकताका पक्षमा गरेका सम्झौता र केके कार्यान्वयन भए, नभएका किन भएनन् भनेर जान म पार्टी नेतृत्वलाई आग्रह गर्दछु ।”

    आरोपप्रत्यारोपले कम्युनिष्ट आन्दोलनका उपलब्धि पूरा नहुने भएकाले नेतृत्वलाई कसैलाई तुच्छ वचनले गाली नगर्न समेत उहाँले आग्रह गर्नुभयो । पार्टीको बैठक महासचिवले अध्यक्षको सहमतिमा बोलाउने र निर्णय गर्ने विधि भएकाले केपी शर्मा ओली अध्यक्ष भएको पार्टी नै वैधानिक भएको जिकिर उहाँले गर्नुभयो । 

    तत्कालीन नेकपा९एमाले०ले २०७२ सालको भूकम्पबाट खुला आकाशमुनि बस्न बाध्य सयांैँ नागरिकलाई घर बनाएर बासको व्यवस्था गराएको स्मरण गराउँदै उपप्रधानमन्त्री पोखरेलले देश र जनता कोरोनाले ग्रस्त भएका बेलामा पार्टी कहाँ थियो भनी प्रश्न गर्नुभयो । उहाँले सरकारले राष्ट्र, राष्ट्रियता र जनजीविकाका विषयमा गरेका कामको प्रचार गर्न आग्रह गर्दै ‘सुखी नेपाली समृद्ध नेपाल’ बनाउने महान् अभियानमा लाग्न तथा आवेग र उत्तेजनाको पछि नलाग्न कार्यकर्तालाई अनुरोध गर्नुभयो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij