Logo

Jun 22 2025 | २०८२, असार ८ गते

Jun 22 2025 | २०८२, असार ८ गते

आज पनि लिइदैँ पूर्वगृहमन्त्री खाँणको बयान

आज पनि लिइदैँ पूर्वगृहमन्त्री खाँणको बयान

  • काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँग जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आज पनि बयान लिने भएको छ ।

    images
    images
    images

    सोमबार खाँणले आफूलाई सञ्चो नभएको जानकारी गराएपछि बयान रोकिएको थियो । नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर सङ्गठित ठगीका आरोपीहरूमध्ये ११ जनासँग जिल्ला सरकारी वकिलको कार्यालयले यसअघि नै बयान लिइसकेको छ ।

    images

    यसअघि आइतबार खाँणका स्वकीय सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेसँग बयान लिएको थियो । उक्त घटनामा अहिलेसम्म खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी , पाण्डे र केसीसहित १३ जना पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएका तीन आरोपीहरू भने फरार छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij