
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल आज दुई खेल हुँदैछ । दशौँ चरणका अन्तिम दुई खेलमा आज थ्रीस्टार क्लब र हिमालयन शेर्पा तथा चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथबीच प्रतिस्पर्धा हुनेछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजेबाट सुरु हुने खेलमा थ्रीस्टार क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो स्थानमा रहेको थ्रीस्टारले १५ अङ्क जोडेको छ भने दुई खेल मात्र जितेको हिमालय शेर्पा भने १३औँ स्थानमा छ ।
दशरथ रङ्गशालामा भने चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथबीच साँझ ६ बजे प्रतिस्पर्धा हुनेछ । छैटौँ स्थानको चर्च ब्वाइजले ९ खेलबाट १५ अङ्क जोडेको छ भने दोस्रो स्थानमा रहेको सातदोबाटोले ९ खेलबाट १७ अङ्क जोडेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij