
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । एसीसी पुरुष प्रिमियर कप आजदेखि नेपालमा सुरु हुँदैछ। एसीसी पुरुष प्रिमियर कप क्रिकेटको पहिलो खेलमा नेपालले मलेसियाको सामना गर्न लागेको हो।
यो खेल बिहान साढे ९ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ। प्रतियोगितामा समूह ‘ए’ मा नेपालसँगै, ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन्। समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन्। प्रतियोगिताको विजेताले भारत र पाकिस्तानसमेत रहेको एसिया कप खेल्ने छ।
समूह ‘बी’ को पहिलो खेल समेत आज हुँदैछ। हङकङ र सिङ्गापुर बीचको अर्को खेल बिहान साढे ९ बजे मुलपानी क्रिकेट मैदानमा हुन लागेको हो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij