Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

बैठक

एमालेको सचिवालय बैठक आज बस्दै

एमालेको सचिवालय बैठक आज बस्दै

  • काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ ।

    onlinepatrika
    Arghakhachi

    एमाले प्रचार विभागप्रमुख राजेन्द्र गौतमका अनुसार एमालेको सचिवालय बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको हो ।

    AGNI GROUP

    बैठकमा भदौ २० देखि २२ सम्म ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनबारे छलफल हुने एजेण्डा रहेको छ । बैठकमा विधान अधिवेसनमा पेश हुने अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।

    यी प्रतिवेदनलाई सचिवालयले पारित गरेर विधान महाधिवेशनमा पेश गरिने बताइएको छ । यस अघि विधान अधिवेसन बारे छलफल गर्न केन्द्रीय कमिटीको बैठक बोलाइएको भएपनि अध्यक्ष ओलीको चीन भ्रमणका कारण समय अभाव भएपछि स्थगित गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij