Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

कुमारी बैंक र लभ कुश इनोभेसनबिच सम्झौता

कुमारी बैंक र लभ कुश इनोभेसनबिच सम्झौता

  • काठमाडौं । कुमारी बैंक लिमिटेडका क्रेडिट कार्ड वाहकहरूले अब लभ कुश इनोभेसनबाट भेन्डिङ मेसिन र अन्य मेसिनरी सामाग्रीहरु खरिद गरी त्यसको भुक्तानी सुलभ मासिक किस्तामा सजिलै गर्न सक्ने भएका छन् ।

    images
    images
    images

    ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्न बैंकले यस सहकार्य मार्फत लभ कुश इनोभेसनमा पाइने विभिन्न वस्तुहरूको भुक्तानी आफ्नो क्रेडिट कार्ड मार्फत गर्न मिल्ने सुविधा ल्याएको जनाएको छ ।

    बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।

    आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij