
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका ३२ कर्मचारीको बढुवा भएको छ । खाद्य संस्थान कार्यालय सञ्चालन तथा कर्मचारी सेवा, सर्त र सुविधासम्बन्धी विनियमावली २०६४ अनुसार विभिन्न पदहरूमा कार्यक्षमता मूल्यांकनद्वारा बढुवा गरिएको हो ।
पदपूर्ति समितिले सम्भाव्य उम्मेदवारहरूको कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, शैक्षिक योग्यता, तालिम र भौगोलिक क्षेत्रमा काम गरेको अनुभवलाई आधार मानेर ३२ कर्मचारीको बढुवा गरिएको जनाएको छ ।
मणिराज खनाल, डिल्लीराम लम्साल, शर्मिला न्यौपाने, रणबहादुर बुढाथोकी, भेषनाथ न्यौपानेलगायतका कर्मचारीहरुको बढुवा भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij