
Jun 08 2025 | २०८२, जेठ २५ गते
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको सचेतकमा रुपा सोशी चौधरी चयन भएकी छन् । संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले चौधरीलाई सचेतक मनोनित गरेका हुन् ।
२०५७ सालदेखि माओवादीको पूर्णकालीन कार्यकर्ता बनेकी चौधरी जनमुक्ति सेनामा थिइन् । उनी यसअघि २०६४ को निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएकी थिइन् ।
यसपटक समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij