
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाल प्रहरीलाई महानगरभित्र बाटो मिचेर बनाइएका संरचना हटाउन आग्रह गरेका छन् । मेयर शाहले कानुन कार्यान्वयन गर्ने जिम्मेवारी पाएको प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउनु गलत भएको बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत उनले भनेका छन् : ‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला । नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ ।’ शाहले काठमाडौं महानगरभित्र अवैध ढंगले बनाइएको प्रहरी संरचनाका तस्बिहरु पनि पोष्ट गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij