
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले तीन वटा मन्त्रालय पाउने ग्यारेन्टी नगरेसम्म मन्त्रीको नाम नपठाउने भएको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सो पार्टीको बुधवार बसेको आकस्मिक केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको बताए ।
प्रधानमन्त्रीले एक जनाको नाम मागे पनि आफूहरूलाई तीन वटा मन्त्रालय नदिएसम्म नाम डिस्क्लोज नगर्ने उनले बताए । यसअघि नेकपा समाजवादीले डा. बेदुराम भुसाल, प्रकाश जवाला र भानुभक्त जोशीलाई मन्त्री बनाउने नै निर्णय गरिसकेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij