Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

पेरिसडाँडामा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक शुरु

पेरिसडाँडामा प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक शुरु

  • काठमाडौं । सत्तारुढ दल नेपाल कम्यनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक शुरु भएको छ ।

    images
    images
    images

    अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा १२ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा बैठक शुरु भएको एक नेताले बताए ।

    आइतवार बसेको बैठकले गरेका निर्णयहरुमा थप छलफल गर्न आज बैठक बसेको हो ।

    प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नीको उपचारका लागि भारततर्फ गएका छन् । प्रचण्डको अनुपस्थितीमा नेपालको एकल अध्यक्षतामा बैठक बसेको हो ।

    आइतवारको बैठकले नेपालको संयोजकत्वमा पार्टी एकताका बाँकी काम पूरा गर्न र नेताहरूलाई कार्यविभाजन गर्नका लागि एउटा कार्यदल गठन गरेको छ । आज त्यसै विषयमा छलफल हुने बुझिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij