
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा जाने गृहकार्य गर्न कार्यदल बनाएको छ ।
केन्द्रीय सचिवालयको मंगलबार बसेको बैठकले अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल रहेको कार्यदल बनाएको हो । कुन नीति तथा कार्यक्रम र कुन हिस्सेदारीमा सरकारमा जाने भनेर छलफल भएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।
खतिवडाका अनुसार कार्यदलले गठबन्धनका अरु दलहरुसँग छलफल गर्नेदेखि आफ्नो दलको तर्फबाट को को सरकारमा जाने भनेर छलफल गर्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij