
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा ५०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको जानकारी दिएको हो ।
महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर १ लाख ९ हजार ८०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १३ सय ३० रुपैयाँ थियो । जुन, आज १३ सय ४० रुपैयाँ पुगेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij