Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

गाँजा र हेरोइनसहित ३ जना पक्राउ

गाँजा र हेरोइनसहित ३ जना पक्राउ

  • काठमाडौँ । मोरङमा प्रतिबन्धित लागुऔषध गाँजा र हेरोइन खरिद बिक्री गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

    images
    images
    images

    उर्लाबारी नगरपालिका–६ बस्ने २० वर्षीय सोनु भुजेल, सोही नगरपालिकाको वडा नम्बर ७ बस्ने ४५ वर्षीय इन्द्रप्रसाद सुवेदी तथा वडा नम्बर ३ बस्ने ५७ वर्षीय नरबहादुर खड्का पक्राउ गरेको हो । लागुऔषधको कारोबार गरिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

    प्रहरीले भुजेलको साथबाट १२६ ग्राम गाँजा, सुवेदीको साथबाट १०९० मिग्रिाम हेरोइन र ३१८ ग्राम गाँजा तथा खड्काको साथबाट १५४ ग्राम गाँजा बरामद गरेको छ । जिल्ला अदालत मोरङबाट म्याद थप गरी उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij